| |

आव २०७८/७९ को बजेट : ताप्लेजुङका स्थानीय तह कसले कति पाए (सूची सहित)

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १६ ।
आर्थिक वर्ष २०७८/७९ मा ताप्लेजुङका स्थानीय तहमध्ये सबैभन्दा बढी रकम फुङ्लिङ नगरपालिकाले पाउने भएको छ । नगरपालिकाले ४७ करोड ७४ लाख रुपैयाँ पाउने भएको छ । यो समानीकरण अनुदान, सशर्त अनुदान, बिशेष अनुदान र समपूरक अनुदान सहितको रकम हो ।
यस्तै आठराई त्रिबेणी गाउँपालिकाले ३२ करोड ८४ लाख, फक्ताङ्लुङ गाउँपालिकाले ३१ करोड १० लाख, मिक्वाखोला गाउँपालिकाले २३ करोड ७३ लाख, मेरिङ्देन गाउँपालिकाले ३१ करोड ७० लाख रुपैयाँ बजेट पाउने भएका छन् । यस्तै मैवाखोला गाउँपालिकाले २७ करोड १० लाख, पाथीभरा याङ्वरक गाउँपालिकाले ३० करोड ५७ लाख, सिदिङ्वा गाउँपालिकाले ३० करोड ४ लाख र सिरिजङ्घा गाउँपालिकाले ३८ करोड ३५ लाख रुपैयाँ पाउने भएका छन् ।

सूची पनि हेर्नुहोस् :-

अरुलाई पनि शेयर गरौ !

Similar Posts