सिँजेमा खोलाले बगाएर बेपत्ता

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, असार ९ । चीनसँगको सीमावर्ती गाउँ ओलाङचुङगोलास्थित सिजेमा खोलाले बगाउँदा एकजना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा फक्ताङलुङ गाउँपालिका–६ साँघुका ५७ वर्षीय कालुमान लिम्बू रहेका छन् ।
लिम्बूसहित चारजना सोमबार दिउँसो ओलाङचुङगोलाबाट सिजेमा ताल घुम्न हिँडेका थिए । देउमाटार नजिकै फड्को मारेर खोला तर्ने क्रममा चिप्लिएर लिम्बू खोलामा खसेको ओलाङचुङगोलाका तेञ्जिङ वालुङले जानकारी दिनुभयो ।

बेपत्ता लिम्बूको खोजीमा ओलाङ्चुङगोला सीमा प्रहरी चौकीका प्रहरी, वडा सदस्य टासी शेर्पा लगायतको टोली सोमबारैबाट खटिएको छ । तीन दिनदेखि निरन्तर पानी परिरहेको र खोलामा बाढी आएकाले खोज्न समस्या भइरहेको वालुङले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts