| |

फुङ्लिङमा सोमबार १५१ जनाको स्वाब संकलन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १० ।
फुङ्लिङ नगरपालिकामा सोमबार एक सय ५१ जनाको स्वाब संकलन गरिएको छ । यसअघि सङ्क्रमण पुष्टि भएका र सङ्क्रमितको नजिक रहेका तथा कोरोना भाइरससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएकाहरुको स्वाब संकलन गरिएको हो ।
फुङ्लिङ नगरपालिकाका अनुसार यसअघि सङ्क्रमण पुष्टि भई १४ दिन पूरा भएकाहरु १०१ जनाको फ्लोअप परीक्षण र ५० जनाको नयाँ परीक्षणका लागि स्वाब संकलन गरिएको छ । सोमबार बिहान संकलन गरिएको उक्त स्वाब (नमुना) पीसीआर परीक्षणका लागि पठाउने तयारी भइरहेको पनि फुङ्लिङ नगरपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts