| |

ताप्लेजुङ अस्पतालमा आजदेखि ओपीडी सेवा बन्द

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २१ ।
जिल्ला अस्पताल ताप्लेजुङमा मंगलबार आजदेखि ओपीडी लगायतका सेवा बन्द गरिएको छ । कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएसँगै जिल्लामा सङ्क्रमितहरुको संख्या ह्वात्तै बढेको अवस्थालाई दृष्टिगत गरी ओपीडी लगायतका सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले सोमबार सूचना जारी गर्नुहुँदै मंगलबारदेखि जनरल ओपीडी सेवा, सुरक्षित गर्भपतन सेवा, कण्डम र पिल्स वितरण तथा डिपो सुई लगाउनेबाहेक परिवार नियोजन सेवा बन्द हुने उल्लेख गर्नुभएको छ ।
अहिले अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने विरामीको संख्या पनि उल्लेख्य रहेको र जनशक्ति व्यवस्थापनमा कठिनाइ रहेको अवस्थालेसमेत मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि उक्त सेवाहरु बन्द रहने डा. लामाले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ । फिवर क्लिनिक भने सञ्चालनमा रहने जिल्ला अस्पतालले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts