| | |

कोरोना सङ्क्रमणका कारण ताप्लेजुङमा मृत्यु हुनेको संख्या तीन पुग्यो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १८ ।
ताप्लेजुङमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट शनिबार एकजना पुरुषको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ । फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक पुरुषको शनिबार दिउँसो धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहनुभएका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना सङ्क्रमण भएपछि केही दिन अघिदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उहाँको उपचार गराइँदै आएको थियो । उपचारकै क्रममा शनिबार दिउँसो करिव ४ बजेतिर मृत्यु भएको आफन्त सूर्यप्रसाद लिम्बूले जानकारी दिनुभयो ।
यस्तै शुक्रबार राति क्याम्पस लाइनकै ८५ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । शुक्रबार राती मृत्यु हुनुभएकी वृद्धाको दाहसंस्कार भने परिवार आफैँले गरेका छन् । परिवारले नै शनिबार दाहसंस्कार गरेका र दाहसंस्कारमा संलग्न परिवारका चारजना सदस्यलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराइएको थियो । जनस्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर सवको अन्त्येष्टि गर्न मृतकका आफन्तलाई सल्लाह दिएको प्रजिअ पाण्डेले बताउनुभयो । यसअघि फुङ्लिङ नगरपालिका–६ कोठेबारीका ५२ वर्षीय एकजना पुरुषको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts