| |

शंकास्पद लक्षण देखिएका ७२ जनाको स्वाब परीक्षण गर्न पठाइयो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १४ ।
ताप्लेजुङबाट कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद लक्षण देखिएका ७२ जनाको स्वाब परीक्षण गर्न पठाइएको छ । जिल्ला अस्पताल ताप्लेजुङका डाक्टर सोनिङ लामाका अनुसार फुङ्लिङ नगरपालिकाका शंकास्पद लक्षण देखिएका ४२ महिला र २५ जना पुरुष गरी ५२ जनाको स्वाब संकलन गरी परीक्षण गर्न पठाइएको हो ।
फुङ्लिङ नगरपालिकाको क्याम्पस लाइन क्षेत्रबाट ६७ जना र जिल्ला अस्पतालमा पाँच जनाको सोमबार स्वाब संकलन गरिएको थियो । उहाँहरु सबैको स्वाब पीसीआर परीक्षणका लागि सोमबार नै कोभिड अस्पताल विराटनगर पठाइएको डाक्टर लामाले जानकारी दिनुभयो । पीसीआर परीक्षणका लागि स्ववब पठाइएकाहरुको रिपार्ट बुधबार सम्ममा आउने बताइएको छ ।
गएको शुक्रबार निधन हुनुभएका फुङ्लिङ नगरपालिका–६ कोठेबारी निवासी शिवकुमार गुरुङमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts