| |

फुङ्लिङ बजारमा मासुको मूल्य वृद्धि

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ३ ।
ताप्लेजुङमा नयाँ वर्षसँगै मासुको मूल्य वृद्धि गरिएको छ । सदरमुकाम फुङ्लिङ बजारका मासु व्यवसायीले सबैखाले मासुको मूल्य वृद्धि गराएका हुन् ।
मासुको मूल्य प्रतिकेजी ५० रुपियाँले वृद्धि गरिएको र वृद्धि गरिएको मूल्य बैशाख १ गते बुधबारदेखि नै कार्यान्वयनमा ल्याइएको छ । फुङ्लिङ बजारमा खसीको मासुको मूल्य प्रतिकेजी सात सय ५० मा ५० रुपियाँ वृद्धि गरी आठ सय रुपियाँ पु¥याइएको छ । यस्तै ५० रुपियाँ वृद्धि गरिएअनुसार बङ्गुरको मासु प्रतिकेजी तीन सय ५० रुपियाँ, राँगाको मासु सालाखाला तीन सय रुपियाँ र फुट्टा मासु प्रतिकेजी चार सय रुपियाँ पुगेको छ ।
खसी, राँगा र बङ्गुरको मूल्य बढेका कारण मासुको मूल्य बढाउन बाध्य हुनुपरेको व्यवसायीले बताएका छन् । खसी र बोइलर कुखुराको मासुको मूल्य समय समयमा वृद्धि हुँदै आएको भए पनि राँगा र बङ्गुरको मासुको मूल्य भने तीन वर्षपछि वृद्धि गरिएको फुङ्लिङ बजारका एक व्यवसायीले बताउनुभयो । यता ताप्लेजुङलाई अत्यधिक मासु खपत हुने जिल्लाको रुपमा लिइन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts