बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा

अरुलाई पनि शेयर गरौ !

म्याड्रिड,माघ १५ । लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले बुधबार रायो भाल्कानोलाई २–१ ले हराएर बुधबार कोपा डेल रेको क्वार्टरफाइनल यात्रा तय गरेको छ । स्पेनी दोस्रो डिभिजनको रायोले फ्रान गार्सियाको गोलमा अग्रता लिएको थियो । त्यसपछि दुई खेलको प्रतिबन्धपछि मैदान छिरेका मेसीले बराबरी गोल गरे । फ्रेन्क डे जङले निर्णायक गोल गरे । त्यसका लागि मेसीले नै अवसर सिर्जना गरिदिएका थिए । कोपा डेल रेबाट यसअघि नै रियल म्याड्रिड र एटलेटिको म्याड्रिड बाहिरिसकेका हुनाले बार्सिलोनालाई उपाधिको बलियो दाबेदार मानिएको छ । बार्सिलोनाले यो प्रतियोगिता ३० पल्ट जितेर कीर्तिमान कायम गरिसकेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts