मन्देकाजी र गौरिका वर्ष खेलाडी

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,पुस २९ । कराते खेलाडी मन्देकाजी श्रेष्ठ र पौडी खेलाडी गौरिका सिंह वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७६ मा मन्दे पुर्षतर्फ र गौरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए । कोभिड १९ का कारण स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै सेमि भर्चुयल रुपमा आयोजना गरिएको समारोहमा गल्फर सुबास तामाङ उत्कृष्ट युवा खेलाडी र तेक्वान्दोका नवीन कुमार श्रेष्ठ वर्ष प्रशिक्षक घोषित भए । भलिबलले दुई अवार्ड जित्दा महिला राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले लोकप्रिय खेलाडीको अवार्ड जितिन् । यस्तै महिला भलिबल टिमले टिम अफ दि इअरको अवार्ड जित्यो । तेक्वान्दोका आयशा शाक्य र एथलेटिक्सकका सन्तोषी श्रेष्ठ स्पेशल अवार्डबाट सम्मानित भए । टेबलटेनिस खेलाडीद्वय गीता क्षेत्री र सिजरिन शाह लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए । यस्तै दिगमसिंह चेम्जोङले पारा सम्मान अवार्ड जिते । ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमि भर्चुयल रुपमा आयोजित अवार्डमा युवा तथा खेलकुद मन्त्री दावा तामाङ लामा, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल, उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायतले विजेता खेलाडीलाई अवार्ड वितरण गरेका थिए । यस्तै गायक नवीन के भट्टराई र मिलन नेवाले सांगितिक प्रस्तुती दिएका थिए भने सुमन कार्कीले कमेडी प्रस्तुत गरेका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts