२४ घण्टामा ४३० जनामा कोरोना संक्रमण पुष्टि, ३९० जना कोरोनामुक्त

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,पुस २८ । पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार ६९८ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ३९० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४०८ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ९२ हजार ८५५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३२ जना रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts