रोनाल्डो पेनाल्टीमा चुकेपछि युभेन्टस बराबरीमा

अरुलाई पनि शेयर गरौ !

मिलान,पुस २ । क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न चुकेपछि इटालीको सिरी ‘ए’ मा युभेन्टस बुधबार एटलान्टासँग १–१ को बराबरीमा रोकिएको छ । युभेन्टसले फेडरिको सिसाको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा एटलान्टाका लागि रेमो फ्लुलरले बराबरी गोल गरे । रोनाल्डो भने ६१औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्न असफल रहे । यससँगै युभेन्टस खेलमा विजयी नतिजा निकाल्न असफल रह्यो । अंक–तालिकाको शीर्ष स्थानमा रहेको एसी मिलानले पनि जेनोआसँग २–२ को बराबरी खेल्यो । मिलानको २८ अंक छ । छिमेकी इन्टरमिलानले अर्को खेलमा रोमेलु लुकाकुको गोलमा नेपोलीलाई १–० ले हरायो । यससँगै इन्टरले मिलानसँगको दूरी एक अंकमा छोट्याएको छ । युभेन्टस भने २४ अंकसाथ दोस्रो स्थानमा छ । चौथो स्थानमा रहेको नेपोलीको २३ अंक छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts