८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण परीक्षण

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,मंसिर २३ । पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६२१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२६८६ रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts