प्रधानमन्त्री ओली ताप्लेजुङको घुन्सा आउँदै

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, मंसिर ८ । करिव ६० घर रहेको ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा अवस्थित दुर्गम तर सुन्दर पर्यटकीय क्षेत्र हो घुन्सा । यहिँ क्षेत्र हुँदै बिश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आधार शिविर पाङ्पेमा जान सकिन्छ । मानवीय जीवनका प्रमुख आवश्यकता ठानिने शिक्षा र स्वास्थ्यका दृष्टीले भर्खर बामे सर्दै गरेको घुन्सामा सोमवार(८ मंसिरमा) हुने देशका प्रमुख कार्यकारी अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको स्वागतका लागि यतिखेर घुन्सालीमा उत्साह छ । वरिपरि हिमालले ढाकेको र बीचमा घना जस्तै देखिने बस्तीलाइ धेरैलाइ घुन्सा उपत्यका भन्छन् । यहिँ घुन्सा उपत्यकामा सोमवार बिहान प्रधानमन्त्री ओलीले त्यहाँ स्थापित सामुदायिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन गर्नु हुने छ । तर,घुन्सालीको माग भने बेग्लै छ । त्यहाँ उनीहरु १५ शैयाको अस्पताल बनाइदिन प्रधानमन्त्री ओलीसंग हात अघि सार्दैछन् । यस बाहेक पर्यटकिय स्थलको प्रवद्र्धन,पर्यटन क्षेत्रको रोयल्टी,बिद्युतीकरण सहितका करिव आधा दर्जन माग उनीहरुले प्रधानमन्त्री ओली समक्ष्मा राख्ने गरी तयारी गरेको स्थानीय हिमाली चुङ्दाक शेर्पाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीसंगै आउन लागेका युवा संघका केन्द्रीय नेता क्षितिज थेबेका अनुसार प्रधानमन्त्री ओली बिहान ९ बजे घुन्सा आइ पुग्ने कार्यक्रम रहेको छ । घुन्सामा रहनु भएका सञ्चारकर्मी सीताराम गुरागाँइका अनुसार प्रधानमन्त्री ओलीका सूचना प्रविधि बिज्ञ अस्कर अलीसहितको टोली भने घुन्सा आइ पुग्न लागेको छ । निजी एक र नेपाली सेनाको एक गरी दुईवटा हेलिकोप्टर त्यहाँ आउने तयारी रहेको गुरागाँइले जानकारी दिनुभयो । बिहानको खानाको व्यवस्था पनि घुन्सामै रहेको छ । त्यहाँ प्रधानमन्त्री ओलीले सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन,गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँ स्थानीय समुदायसंगको साक्षात्कारमा रहनु हुनृ छ भने पार्टीका नेता कार्यकर्तासंग पनि उनको भेटघाट कार्यक्रम तय भएको छ । त्यसपछि उहाँ ओलाङ्चुङगोला रहेको सशस्त्र प्रहरीको बिओपी केन्द्र,सीमावर्ती क्षेत्र टिपतालापास लगायतको हवाइ निरीक्षणमा सहभागी हुने कार्यक्रम रहेको छ । हिउँको समस्या कारण प्रधानमन्त्री ओलीले सीमाक्षेत्र र बिओपी केन्द्रको हवाइ निरीक्षण गर्ने सम्भावना रहेको थेबेले जानकारी दिनुभयो । ओलीका साथ नेकपा संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ,पर्यटनमन्त्री योगेशकुमार भट्टराइ,१ नं प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायत भ्रमणमा सहभागी हुने घुन्सा फउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले बताउनुभयो । शेर्पाको अगुवाइमा त्यहाँ सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ । नेपाल ट्रष्टकी सदस्य समेत रहनु भएकी सामाजिक अभियान्ता शेर्पाको अगुवाइमा संकलित रकमबाट बनेको स्वास्थ्य संस्था हो । पछि प्रदेश १ सरकारले त्यहाँ आवास कक्ष बनाउन भने सहयोग गरेको छ । ताप्लेजुङको कार्यक्रम सकेपछि प्रधानमन्त्री ओली इलामको भ्रमणमा जाने कार्यक्रम रहेको छ । ओलीको स्वागतका लागि सदरमुकाम फुङलिङबाट पूर्व सांसद,प्रदेश सांसद,जिल्ला समन्वय प्रमुख,नगरप्रमुख,गाउँपालिकाका अध्यक्षहरु,सुरक्षाका निकायका प्रमुखहरु र पार्टीका अगुवा कार्यकर्ताहरु घुन्सा पुगेका छन् । ओली सहितको नेताको स्वागतका लागि घुन्सा निकै झकिझकाउ भएको घुन्सा पुग्नु भएका पत्रकार महासंघ ताप्लेजुङका कार्यवाहक अध्यक्ष समेत रहनु भएका उज्यालो पोष्ट दैनिकका प्रकाशक चन्द्र पन्दाक‘प्रयास’ल जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts