|

बालिकालाइ अप्राकृतिक यौन दुव्र्यवहार र जबरजस्ती करणी गर्नेलाइ १९ बर्ष जेल सजाय

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक १८ । १० बर्षे एक बालिकालाइ अप्राकृतिक यौन दुव्र्यवहार र जबरजस्ती करणी गरेको अभियोग लागेका पुरुषलाइ ताप्लेजुङ जिल्ला अदालतले १९ बर्ष जेल सजाय हुने फैसला गरेको छ । भारत पश्चिम बंगाल घर भइ सिरिजङ्घा गाउँपालिका वडा नं ८ याम्फुदिन बस्ने दोर्जे टिएसए भोटियालाइ ताप्लेजुङ जिल्ला अदालतले १९ बर्षको जेल सजाय हुने फैसला गरेको हो । जिल्ला अदालतका श्रेष्तेदार रितु राईका अनुसार पीडित बालिकाको बयान,उनको पींडाको अवस्था र घटनाको जघन्यताका आधारमा अदालतले त्यो तहको कैद सजायको फैसला गरेको हो । जबरजस्ती करणी कसुर सजाय निर्धारण मापदण्ड २०७५ को भाग (१) मा यस्तो प्रकृतिको घटनामा दोषी ठहरे १८ देखि २० बर्ष सम्म जेल सजाय हुने व्यवस्था रहेको छ । २०७६ साल माघ ५ गते भएको सो घटना सम्वन्धी मिसिलले फागुन १८ गते ताप्लेजुङ जिल्ला अदालतमा प्रबेश पाएको थियो । दोर्जे माथि स्थानीय १० बर्षे बालिकालाइ अप्राकृतिक र जबरजस्त ढंगले यौन क्रियामा संलग्न हुन बाध्य पारेको अभियोग थियो । पीडित बालिकाका आफन्तले दिएको जाहेरी र बालिकाको बयानमा ति बालिकलाइ मुख मैथुन गर्न लगाएको,बिर्य स्खलन गरी निल्न समेत बाध्य पारेको जस्ता अमानवीय र अप्राकृतिक दोष समेत दोर्जेमाथि लागेका थिए । अन्ततःउनलाइ अदालतले दोषी ठहर गर्दै १९ बर्ष जेल सजायको फैसला गरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी) महेन्द्रकुमार श्रेष्ठले घटनाका दोषी यसअघि नै कारागार चलान भइसकेको जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts