आईपीएल ः राजस्थानको आशा कायमै

अरुलाई पनि शेयर गरौ !

अबुधाबी,कात्तिक १५ । राजस्थान रोयल्सले किंग्स इलेभेन पञ्जाबको लगातार पाँच खेलको विजय यात्रालाई पूर्णविराम लगाउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा पुग्ने झिनो आशालाई कायमै राखेको छ । राजस्थानले शुक्रबार पञ्जाबमाथि ७ विकेटको जित हात पा¥यो । १३ खेलमा १२ अंक पु¥याउँदै राजस्थान पाँचौं स्थानमा उक्लेको छ । पञ्जाबको १२ अंक छ र टोली राम्रो रनरेटका कारण चौथो स्थानमा छ । दुबै टोलीले १–१ खेल खेल्न बाँकी रहेको अवस्थामा प्लेअफमा पुग्ने सम्भावना यथावत् नै छ । शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा पुग्ने प्रावधान छ । बेन स्टोक्सले २६ बलमा ५०, रोबिन उथ्प्पाले २३ बलमा ३० र सञ्जु सामसनले २५ बलमा ४८ रन बनाएपछि राजस्थानले १ सय ८६ रनको लक्ष्य १७.३ ओभरमै पूरा ग¥यो । कप्तान स्टिभ स्मिथ २० बलमा ३१ र जोस बटलर ११ बलमा २२ रन बनाई अविजित रहे । यसअघि क्रिस गेलको ९९ रनमा टस हारेर ब्याटिङमा आएको पञ्जाबले ४ विकेट गुमाई १ सय ८५ रन बनाएको थियो । गेलले ६३ बल खेली ६ चौका र ८ छक्का प्रहार गरे । कप्तान केएल राहुलले ४१ बलमा ४६, निकोलास पुरनले १० बलमा ३ छक्कासहित २२ रन बनाएका थिए । राजस्थानका जोफ्रा आर्चरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts