सुपर ओभरमा कोलकाताको जित

अरुलाई पनि शेयर गरौ !

अबुधाबी,कात्तिक ३ । कोलकाता नाइट राइडर्सले आइतबार इन्डियन प्रिमियर लिगमा (आईपीएल) मा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ । त्यसमा कोलकाताले ३ रनको लक्ष्य पूरा गरेको थियो । हैदरावादले भने पहिले ब्याटिङ गर्दै २ रन मात्र बनाएको थियो । त्यसमा लकी फर्गुसनले घातक बलिङ गरे । यसअघि २०र२० ओभरको खेल टाइ भएको थियो । कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । त्यसको जवाफमा हैदरावादले ६ विकेट गुमाएर ठ्याक्कै १ सय ६३ रन बनायो । हैदरावादले नयाँ ब्याटिङ जोडी उतारेको थियो । यसक्रममा जोनी बियरस्टो र केन विलियम्सनले पहिलो विकेटका लागि ५८ रनको सोझदारी गरे । कोलकाताका लागि भने खाली दुई ब्याट्सम्यानले ३० रनभन्दा माथिको स्कोर बनाए । त्यसमा कप्तान इओन मोर्गनको ३४ र प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले ३४ रन बनाएका थिए । (कान्तिपुरबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts