ला लिगा ः रियल र बार्सिलोना दुवै हारे

अरुलाई पनि शेयर गरौ !

म्याड्रिड,कात्तिक २ । स्पेनी ला लिगामा रियल म्याड्रिड र बार्सिलोना दुवैले शनिबार स्तब्धपूर्ण हार बेहोरेका छन् । लिग च्याम्पियन रियल घरमा यसै सिजन मात्र बढुवा भएको काडिजसँग पराजित भएको हो । सात महिनायता रियलको यो पहिलो हार हो । खेलको १६ औं मिनेटमा एन्थोनी लोजानोले गरेको गोल निर्णायक सावित भयो । यो सिजन अविश्वसनीय खेल प्रदर्शन गरिरहेको कार्डिजको १० अंक छ । रियल पनि समान १० अंकमा गोल अन्तरले शीर्ष स्थानमा रहेको छ । अर्को खेलमा गेटाफेले अर्को खेलमा बार्सिलोनालाई १–० ले हराएको हो । प्रशिक्षकमा रोनाल्ड कोम्यान आएयता बार्सिलोनाको यो पहिलो हार हो । गेटाफेका लागि जेमी माटाले पेनाल्टीबाट एक मात्र गोल गरे । बार्सिलोनाले यसअघि सेभियासँग पनि गोलरहित बराबरी खेलेको थियो । बार्सिलोनाको चार खेलबाट सात अंक मात्र भएको छ । अर्को साता रियल र बार्सिलोना ‘एल क्लासिको’ मा भिड्दै छन् र यो खेल बर्नाबाउमा हुँदैछ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts