|

मुकुम्लुङ संर्घष समिति पछि पाथीभराको नाम सेमुक्तु मुक्ति कोक्मा राख्न माग गर्दै बन्यो अर्को संघर्ष समिति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २६ । ताप्लेजुङमा अवस्थित पाथीभराको नाम मुकुम्लुङ माग गर्दै संघर्ष भइरहेको बेला अर्को समूहले फेरी सेमुक्तु मुक्ति कोक्मा नाम राख्न संघर्ष समिति बनाएको छ । सेमुक्तु मुक्ति कोक्मा संघर्ष समितिले एक बिज्ञप्ती प्रकाशित गरी मौलिक याक्थुङमा बर्णन हुने भएकोले पाथीभराको नाम सेमुक्तु मुक्ति कोक्मा रहनुपर्ने दावी गरेको छ । सघर्ष समिति अध्यक्ष राजेन्द्र अन्छङ्वोद्धारा हस्ताक्षरित बिज्ञप्तीमा पाथीभराको नाम सेमुक्तु मुक्ति कोक्मा कायम गर्न संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकार,डिभिजन वन कार्यालय,स्थानीय सामुदायिक वन,किराँत याक्थुङ चुम्लुङ,किराँत धर्म तथा साहित्य उत्थान संघ र याक्थुङ लिम्बू समुदायमा अपिल गरिएको छ । बिज्ञप्तीमा फेदाङ्मा,साम्बा,येवा–येमाहरु(पेगि फाङ्साम)द्धारा मुन्धुम बाचन हुँदा पनि पाथीभरा स्थापित सिङ्गो पहाडको प्राचीन नाम सेमुक्तु कोक्मा÷सेमुक्ति गोक्मा÷साङ्सिङ मुक्तु कोक्मा÷सेङसिङ कोक्मा मुक्तु,फोःमा÷सेङसिङ कोक्मा साङ्सेरेप्मा भनी सम्बोधन हुने भएकोले सेमुक्तु मुक्ति कोक्मा नाम प्राचीन नाम भएको दावी गरिएको छ ।

यसअघि पाथीभराको नाम मुकुम्लुङ राख्नुपर्ने,२०७५ चैत १८ मा राजपपत्रमा प्रकाशित पाथीभरा क्षेत्रको सीमा खारेज हुनुपर्ने,पाथीभरा क्षेत्र विकास गठन आदेश खारेज गरी मुकुम्लुङ क्षेत्र गठन आदेश जारी गर्नुपर्ने लगायतका माग गर्दै मुकुम्लुङ संघर्ष समिति समेत गठन भएको छ । मुकुम्लुङ संघर्ष समिति आफ्ना मागको सुनुवाइ नभएको भन्दै गत भदौ ३१ गते प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँमार्फत संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा ध्यानाकर्षण पत्र समेत बुझाइ सकेको संघर्ष समिति अध्यक्ष श्री लिङ्खिमले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts