कोरोना संक्रमित बाहिर हिँडडुल गरेको पाइए कानुनअनुसार कारबाही हुन्छ ः स्वास्थ्य मन्त्रालय

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएका व्यक्तिहरुलाई घर बाहिर हिँडडुल नगर्न अनुरोध गरेको छ । कोरोना संक्रमितहरू हिँडडुल गरेको पाइएमा कानुनअनुसार कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना लक्षण नभएका धेरैजना बाहिर निस्केर हेलचक्रयाँइ गरेको पाइएकाले कारबाही हुन सक्ने बताउनुभयो । डा गौतमले दसैं, तिहारमा भीडभाड नगर्न र भएकै कपडा तथा सामान प्रयोग गरी घरकै सदस्य मिलेर दसैं मनाउन र अनलाइन वा फोनबाट नै यो वर्षको दसैं, तिहारको आशीर्वाद लिन आग्रह गर्नुभयो । संक्रामक रोग ऐन २०२० अनुसार नियम उल्लंघन गरेको पाइएमा ६ महिना जेल वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts