|

बुधवार ताप्लेजुङ र संखुवासभामा बिओपीका लागि औपचारिक कार्यक्रम तय,मन्त्री भट्टराइ आउँदै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २० । पूर्वी नेपालका दुई हिमाली जिल्लाहरु ताप्लेजुङ र संखुवासभामा बुधवारबाट आउट बोर्डर पोष्ट(बिओपी)ले औपचारिक मान्यता पाउने भएका छन् । ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र मौवाटारमा बुधवार नै बिओपी स्थापना हुने छ भने भने यसअघि नै बिओपी स्थापना भइसकेको संखुवासभाको किमाथाङ्मा भने बिओपीको भवन शिलान्यास हुने छ । यि दुइ जिल्लामा रहने बिओपीका लागि लागि पर्यटनमन्त्री योगेशकुमार भट्टराइ सहितको टोली बुधवार दुई हिमाली जिल्ला आउन लागेको हो । गृह सचिव र दुई सुरक्षा निकायका प्रमुख सहितको टोली बिहान साढे ७ बजे ताप्लेजुङको सुकेटार बिमानस्थल आइ पुग्ने कार्यसूची रहेको छ । टोली बिहान ८ बजे सुकेटारबाट ओलाङ्चुङगोलातर्फ प्रस्थान गर्ने छ । मौवाटारमा स्थापना हुने बिओपीका लागि त्यहाँ भौतिक संरचना नबने सम्म अहिले भने ओलाङ्चुङगोलामै बिओपी टोली रहने छ । सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा तत्काललाइ २१ देखि ३५ जना सम्मको बिओपी टोली गोलामा स्थापना हुने छ । मौवाटारमा संरचना बनीसकेपछि भने गोलाको बिओपी टोली मौवाटारमा स्थानान्तरण हुने छ । मन्त्री भट्टराइका साथ गृहसचिव महेश्वर न्यौपाने,नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल,सशस्त्र प्रहरी अतरिक्त महानिरीक्षक रामशरण पौडेल,सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल,गृह मन्त्रालयका उपसचिव भूपेन्द्र सापकोटा,सशस्त्र प्रहरी नायव उपरीक्षक अर्जुन पौडेल,गृह सचिवका निजी सुरक्षा अधिकृत प्रहरी निरीक्षक महेश केसी र सशस्त्र प्रहरीका फोटो ग्राफर रमेश श्रेष्ठ आउनु हुने छ । सुकेटारबाट ओलाङ्चुङगोला जाँदा भने सशस्त्र प्रहरीका १ नं बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल सहितका अधिकारी थपिनु हुने छ । मन्त्री भट्टराइ सहितको टोलीलाइ गोला पु¥याएपछि हेलिकोप्टर पुन बिओपीका लागि चाहिने बन्दोबस्तीका सामग्री लिन सुकेटार आउने छ । बन्दोबस्तीका सामग्री गोला पु¥याएपछि बिओपी समुद्घाटनको कार्यक्रम तय गरिएको छ । उद्घाटन कार्यक्रम सक्नासाथ मन्त्री भट्टराइ सहितको टोली सुकेटारका लागि प्रस्थान गर्ने छ । सुकेटारमा दिवाखानाको प्रवन्ध भइरहँदा इन्धन भर्न हेलिकोप्टर बिराटनगर सम्म गएर फेरी सुकेटार फर्कने छ भने ताप्लेजुङको कार्यक्रम सक्नासाथ संखुवासभाको किमाथाङ्कामा बिओपी भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सुकेटारबाट भने सिधै किमाथाङ्काका लागि हेलिकोप्टर जाने छैन । तुम्लिङटारबाट किमाथाङ्का गइ त्यहाँको कार्यक्रम सक्नासाथ पुनः तुम्लिङटार फर्किएर हेलिकोप्टर राजधानी फिर्ता हुने कार्यक्रम तय भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts