ताप्लेजुङमा भएको सवारी दुर्घटनाका एक घाइतेलाइ थप उपचारका लागि रेफर गरियो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १९ । ताप्लेजुङमा सोमवार मध्यान्ह भएको सवारी दुर्घटतामा परी घाइते ३ मध्ये १ जनालाइ थप उपचारका लागि रेफर गरिएको छ । अन्य २ जनाको ताप्लेजुङ अस्पतालमा उपचार भइ रहेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार घाईते मध्ये फुङ्लिङ नगरपालिका वडा नं ३ का सोमनाथ दाहाललाइ थप उपचारका लागि रेफर गरिएको हो । घाइते मध्ये झापा अर्जुनधारा ९ बस्ने अशोक कार्की र फुङ्लिङ नगरपालिका वडा नं ३ का राजेन्द्र दाहालको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाको मेवाखा नजिक भएको सवारी दुर्घटनामा परी घाइते भएकालाई उद्धार गरी ल्याउँदै गरेको सवारी खोक्सेखोलामा दुर्घटनामा पर्दा ३ जना घाइते भएका थिए । डिएसपी श्रेष्ठका अनुसार मे १ ज ३१४९ नम्बरको सवारी मेवाखा नजिकमा दुर्घटनामा पर्दा झापा अर्जुनधाराका कार्की घाइते हुनु भएको थियो । उहाँलाइ उद्धार गरी ताप्लेजुङ सदरमुकामतर्फ आउँदै गरेको मे१ज२५७८ नम्बरको सवारी फुङ्लिङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाको सीमा क्षेत्र खोक्से खोलामा दुर्घटनामा परेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts