बाँझोगरा आविका १ सय २० बिद्यार्थीलाई लाइन्स क्लव अफ काठमाडौं,हाम्रो रुपान्तरणद्धारा न्यानो कपडा बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ७ । लाइन्स क्लव अफ काठमाडौं,हाम्रो रुपान्तरणले ताप्लेजुङको फुङलिङस्थित बाँझोगरा आधारभूत बिद्यालयका १ सय २० बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ ।

फुङलिङ नगर शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका फुङलिङ नगरप्रमुख अमिर मादेनको उपस्थितिमा सोमवार बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको हो । लाइन्स क्लव अफ काठमाडौं,हाम्रो रुपान्तरण(३२५‘आई’)का अध्यक्ष रोजी श्रेष्ठ तामाङका अनुसार सामाजिक उत्तरदायित्व अभियान अन्तरगत हिमाली जिल्लाका बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको हो । अध्यक्ष श्रेष्ठले बिद्यार्थीहरुको पढाईलाई हौसला समेत प्रदान गर्न आफुहरु उपस्थित भएको बिद्यार्थीका लागि केहि मायाको चिनो स्वरुप न्यानो कपडा प्रदान गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै फुङलिङ नगरप्रमुख मादेनले दुर्गम जिल्लाका बिद्यार्थीलाई शैक्षिक यात्रामा सहयोग पुग्ने हिसावले न्यानो कपडा दिएर सहयोग गरेकोमा लाइन्स क्लव अफ काठमाडौं,हाम्रो रुपान्तरणलाई धन्यवाद दिनुभयो । लाइन्स क्लव अफ काठमाडौं,हाम्रो रुपान्तरणका सचिव याङ्गीता लामाले आफुपनि शिक्षा क्षेत्रमा सर्मपित रहेको र विपन्न परिवारबाट हुर्केको व्यक्ति भएको स्मरण गर्दै यस्ता सहयोगले बिद्यार्थीको पढाई व्यवस्थित गर्न समेत सहयोगी भूमिका निर्वाह हुने क्लवको अपेक्षा रहेको बताउनुभयो । सहयोगी निकायलाई धन्यवाद दिदै बिद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद बिष्टले यस्ता सहयोगले बिद्यार्थीलाई सिकाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

बाँझोगरा आधारभूत बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष लिलाकुमारी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा लाइन्स क्लव अफ काठमाडौं,हाम्रो रुपान्तरणका सचिव सुजाता श्रेष्ठ,फुङलिङ नगरपालिका वडा नं ६ का वडा सदस्य सीता लावुङ,बिद्यालय व्यवस्थापन समितिका सदस्य क्रमशःरामप्रसाद दाहाल,बिमला लिम्बू,भक्त खवास र गोपाल मादेन,पत्रकार महासंघका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ,रेडियो तमोरका स्टेशन म्यानेजर कृष्ण फुरुम्बो लिम्बू,रेडियो काबेलीका स्टेशन म्यानेजर साहारा लङ्वा,करुणा फाउण्डेसनका फुङलिङ नगर संयोजक एलिना दियालीसहितको उपस्थिति रहेको थियो ।

Similar Posts