संघीय मेला २०८२ को आयव्यय विवरण सार्वजनिक

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ५ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिनस्थित खाम्दिने बजारमा भएको संघीय मेला २०८२ को सार्वजनिक सुनुवाई शनिवार गरिएको छ ।

संघीय मेला खेलकुद साँस्कृतिक युवा क्लवका अध्यक्ष रक्की थेबेका अनुसार आम्दानीले खर्च धानेको छ । २४ लाख रुपैयाँ आम्दानी र सोहि बराबर खर्च भएको अध्यक्ष थेबेले जानकारी दिनुभयो । संघीय मेला खेलकुद साँस्कृतिक युवा क्लवका उपाध्यक्ष सुमन थेबेले सार्वजनिक सुनुवाई कार्यक्रममा आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा क्रियाशिल स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,क्लवका पदाधिकारी तथा सदस्य,स्थानीय सरोकारवाला र समुदायका सदस्यको उपस्थिति रहेको आयोजक क्लवले जनाएको छ । २०८२ सालको संघीय मेला २०८२ साल पुस १५ देखि १७ सम्म संघीय मेला सञ्चालन भएको थियो ।

संघीय मेलामा अन्तरपालिका वडा स्तरीय भलिबल,वृहत्त साँस्कृतिक साँझ,स्थानीय मौकिल संस्कार र संस्कृति झल्कने झाँकीसहितको प्रस्तुति गरिएको थियो । वृहत्त साँस्कृतिक साँझमा राष्ट्रिय कलाकारले मञ्च तताएका थिए ।

Similar Posts