ताप्लेजुङको खोक्से र मेवाखामा सवारी दुर्घटनाका सबैको वतन खुल्यो,घाईते ताप्लेजुङका २ र झापाका १

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज १९ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाको मेवाखा नजिक भएको सवारी दुर्घटनामा परी घाइते भएकालाई उद्धार गरी ल्याउँदै गरेको सवारी खोक्सेखोलामा दुर्घटनामा पर्दा ३ जना घाइते भएका छन् । घाइते मध्ये पहिलो दुर्घटनामा परी उपचारका लागि ल्याउँदै गरेका झापा अर्जुनधारा ९ बस्ने अशोक कार्कीको अवस्था चिन्ताजनक रहेको घटनास्थल पुगेका पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष मनमणि काफ्लेले जानकारी दिनुभयो । घाइतेद्धय ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका सोमनाथ दाहाल र राजेन्द्र दाहाल समेत गम्भिर हुनुहुन्छ । घाइतेलाइ अहिले उद्धार गरी उपचारका लागि ताप्लेजुङ अस्पतालतर्फ ल्याउने प्रयास भइ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार मे १ ज ३१४९ नम्बरको सवारी मेवाखा नजिकमा दुर्घटनामा पर्दा झापा अर्जुनधाराका कार्की घाइते हुनु भएको थियो । उहाँलाइ उद्धार गरी ताप्लेजुङ सदरमुकामतर्फ आउँदै गरेको मे१ज२५७८ नम्बरको सवारी फुङ्लिङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाको सीमा क्षेत्र खोक्से खोलामा दुर्घटनामा परेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts