दुर्गादल गुल्म र जिमीपोखरी युवा क्लवबिच मैत्रीपूर्ण फुटबल
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २२ । शुभ दीपावलीको अवसर पारेर यहाँस्थित नेपाली सेनाको दुर्गादल गुल्म र फुङलिङ–४ स्थित जिमीपोखरी युवा क्लवबिच आइतवार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
खेलका लागि तय भएको निर्धारित ८० मिनेटको समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलले नेपाली सेना र स्थानीय युवाहरूबिच आपसी समन्वय,सहकार्य,सद्भाव तथा भाइचाराको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिईएको खेलका समन्वयकर्ता तथा जिमीपोखरी युवा क्लवका अगुवा दावा शेर्पाले जानकारी दिनुभयो ।
प्रतियोगितालाई केवल प्रतिस्पर्धाको माध्यममात्र नभई नागरिक र नेपाली सेनाबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने महत्वपूर्ण माध्यममा रुपमा लिईएको शेर्पाको भनाई रहेको छ ।