खेवाङ खेलकुद महोत्सव सम्पन्न,पुरुष फुटबलको उपाधि पेदाङ स्पोर्टिङ क्लबलाई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २२ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा आयोजित खेवाङ खेलकुद महोत्सव सम्पन्न भएको छ । म

होत्सवअन्तर्गत पुरुष फुटबल,पुरुष तथा महिला भलिबल र २१ किलोमिटर म्याराथन दौड प्रतियोगिता सञ्चालन गरिएको थियो । पुरुष फुटबलतर्फ पेदाङ स्पोर्टिङ क्लबले उपाधि जितेको छ । विजेता पेदाङले १ लाख ५५ हजार ५सय ५५ रुपैयाँ प्राप्त गर्दा उपविजेता सिदिङवाको सुरुम्खिमस्थित लालीगुराँस युथ क्लबले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।

पुरुष भलिबलतर्फ सुरुम्खिमको लालीगुराँस स्पोर्टिङ क्लब प्रथम र पाथीभरा याङवरकको थुम्बेदिन युनाइटेड क्लब द्धितीय भएको छ । उक्त खेलमा प्रथम र द्धितीय हुने टिमलाई क्रमशः ६० र ४० हजार रुपैयाँ नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

महिला भलिबलतर्फ आयोजक सिरिजङ्गाको खेवाङ स्पोर्टिङ क्लब प्रथम र सिदिङ्वाको लालीगुराँस स्पोर्टिङ क्लब सुरुम्खिम द्धितीय भएका छन् । प्रथम र द्धितीय हुनेलाई क्रमशः नगद ३० र २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक खेवाङ स्पोर्टिङ क्लवका अध्यक्ष विनम मावोले जानकारी दिनुभयो ।

२१ किलोमिटर दूरीको हाफम्याराथन दौडमा ताप्लेजुङको मिक्वाखोलाका फुर्लाक्पा शेर्पा प्रथम हुनुभयो । ओखलढुङ्गाका पृथ्वी राई दोस्रो र ताप्लेजुङको मैवाखोलाका अमिर लिम्बू तेस्रो हुनुभयो । उहाँहरुले क्रमशः ३३ हजार ५ सय ८३, २२ हजार ५ सय ८३ र १३ हजार ५ सय ८३ रुपैयाँ पुरस्कार प्राप्त गर्नु भएको छ  ।

खेवाङ खेलकुद महोत्सको कात्तिक १६ गते प्रतिनिधिसभाका सांसद क्षितिज थेबेले उद्घाटन गर्नु भएको थियो । स्थानीय खेल प्रतिभाको पहिचान,खेलकुदको विकास र पर्यटन प्रर्वद्धनमा योगदान अपेक्षा सहित कार्यक्रम आयोजना गरिएको आयोजक क्लवका अध्यक्ष मावोले जानकारी दिनुभयो ।

Similar Posts