पालिकामै शैक्षिक स्रोत केन्द्र स्थापनाको पहल: फक्ताङलुङद्धारा दातृ निकाय र बिषयविज्ञसंग छलफल

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १९ । सार्वजनिक शिक्षा सुधारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले पालिकामै शैक्षिक स्रोत केन्द्र स्थापनाको पहल गरिरहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले विज्ञसंगको परार्मशलाई दोस्रो चरणमा प्रवेश गराएको छ ।

गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले शिक्षकको क्षमता अभिवृद्धि,शिक्षण सिकाइमा प्रविधिको प्रयोग,शैक्षिक सामग्रीको उपलब्धता,नियमित अनुगमन तथा नवीनतम् शैक्षिक अभ्यासका लागि शैक्षिक स्रोत केन्द्र स्थापनालाई केन्द्रमा राखेर छलफललाई तीव्रता दिईएको बताउनुभयो । पालिका अध्यक्ष लिम्बूका अनुसार शैक्षिक स्रोत केन्द्र स्थापनाका बिषयमा पालिकाले शैक्षिक दातृ निकायका प्रतिनिधि र विषयविज्ञसंग छलफल गरेको छ । पालिका अध्यक्ष लिम्बूले सार्मथ्य फाउण्डेसनसहितका दातृ निकाय र विषयविज्ञसंग छलफल गर्नु भएको छ ।

‘गुणस्तरीय,व्यवहारिक तथा प्रतिश्पर्धात्मक शिक्षा सुननिश्चित गर्ने ध्येयका साथ शैक्षिक स्रोत केन्द्र स्थापना गर्ने योजना अघि बढाईको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । शैक्षिणिक योजना तथा शैक्षिक सामग्रीको निर्माण र प्रयोग,विद्यार्थीका सिकाई आवश्यकता एवम् विविधताको पहिचान र सम्बोधन,कक्षा व्यवस्थापन र वालमैत्री सिकाई वातावरणको निर्माण,आधुनिक शिक्षण कौशल र प्रविधिको अवलम्बनसहितका कार्यका लागि शैक्षिक तालिम तथा स्रोत केन्द्र स्थापनाको आवश्यकता पर्दछ ।

शैक्षिक स्रोत केन्द्र स्थापनाका बिषयमा पालिकाले गत असोज पहिलो साता गरेको प्रारम्भिक छलफलबाट आएका निश्कर्ष दोस्रो चरणको छलफलको क्रममा शैक्षिक दातृ निकायका अगुवा तथा विषयविज्ञसामु प्रस्तुत गरिएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । शैक्षिक स्रोत केन्द्रमार्फत नवीनतम् शैक्षिक अभ्यासहरुको आदान–प्रदानमार्फत फक्ताङलुङको शैक्षिक गुणस्तरलाई नयाँ उचाईमा पुर्‍याउने पालिकाको योजना रहेको छ ।

Similar Posts