एमाले मिक्वाखोलाले कात्तिक १६ गते शुभकामना आदान–प्रदान,भेटघाट तथा चियापान कार्यक्रम गर्ने

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १५ । नेकपा एमाले मिक्वाखोला गाउँपालिका कमिटीले दशैं–तिहार,छैट,नेपाल सम्वत्,चासोक तङ्नामसहितका पर्वको अवसरमा कात्तिक १६ गते शुभकामना आदान–प्रदान,भेटघाट तथा चियापान कार्यक्रम गर्ने भएको छ ।

नेकपा एमाले मिक्वाखोला गाउँपालिका कमिटी अध्यक्ष गजेन्द्र थलङका अनुसार कात्तिक १६ गते सोमवार मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ ।

शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय नेता,एमाले पार्टीका नेता तथा कार्यकर्ता,सामाजिक संघसंस्थाका प्रमुख एवम् नागरिक समाजका अगुवासहितलाई आमन्त्रण गरिएको थलङले जानकारी दिनुभयो । एमाले मिक्वाखोला गाउँपालिका कमिटीको आवह्वानमा मिक्वाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा श्रम शिविर समेत सञ्चालन हुने गरेको छ ।

Similar Posts