भोटेकोशी प्रभावितलाई फुनपाद्धारा ३४ लाख बढी सहयोग
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १३ । भोटेकोशी बाढी पीडितका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाले ३४ लाख बढी रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
फुङलिङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुका अनुसार ३४ लाख ११ हजार ६ सय ६० रुपैयाँ ८७ पैसा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।
पनेरुका अनुसार जनप्रतिनिधिकोतर्फबाट १ लाख ७३ हजार ४ सय ९० रुपैयाँ,कर्मचारीकोतर्फबाट ८ लाख १९ हजार ६ सय ५० रुपैयाँ र शिक्षक तथा बिद्यालय कर्मचारीकोतर्फबाट २४ लाख १८ हजार ५ सय २० रुपैयाँ ८७ पैसा जम्मा गरिएको हो ।