पाथीभरा आउने क्रममा बेखर्चि भई घर फर्कन समस्या परेका एक दृष्टीबिहिनलाई हेल्पिङ हेण्ड ताप्लेजुङद्धारा सहयोग
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २९ । पाथीभरा आई फर्कने क्रममा बेखर्चि भई घर फर्कन समस्यामा पर्नु भएका स्याङ्जा निवासी एक दृष्टीबिहिन व्यक्तिलाई हेल्पिङ हेण्ड ताप्लेजुङले ५ हजार रुपैयाँ सहयोग गरेको छ ।
स्याङ्जा निवासी दृष्टीबिहिन व्यक्ति लेखनाथ पौड्याललाई हेल्पिङ हेण्ड ताप्लेजुङकोतर्फबाट यातायात खर्च वापत ३ हजार ९ सय र खाना तथा खाजा वापत १ हजार १ सय गरी कुल ५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हेल्पिङ हेण्ड ताप्लेजुङका संयोजक काजीमान गुरुङले जानकारी दिनुभयो ।
सामाजिक सेवामा काम गर्ने,अप्ठेरामा परेकाहरुको राहत तथा उद्धारमा सहयोग गर्ने,विपन्न तथा मेधावी बिद्यार्थीको पढाईलाई प्रोत्साहन गर्न शैक्षिक सामग्रीमा बितरण गर्ने र विभिन्न बिद्यालयहरुमा बिद्यार्थीको शैक्षिक विकासमा सहयोग उपलब्ध गराउने मनशायले सामाजिक अगुवाहरुको प्रयासमा हेल्पिङ हेण्ड ताप्लेजुङको स्थापना गरिएको हो ।
दृष्टीबिहिन पौड्याललाई पाथीभरा क्षेत्र विकास समितिले पनि केहि सहयोग गरी यातायात असुविधालाई सहज बनाईएको बताईएको छ ।