दशैंका बिदामा पनि आकस्मिक तथा प्रसुति सेवा दिन मैवाखोलाले तोक्यो ११ जना सम्पर्क व्यक्ति

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २९ । दशैंका बिदाका समयमा आकस्मिक तथा प्रसुति सेवा प्रदान गर्न ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सम्पर्क व्यक्ति तोकेको छ ।

प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाका अनुसार असोज ३१ गते देखि कात्तिक ७ गतेसम्म हुने दशैं बिदाका ९ दिनको अवधिमा पनि आकस्मिक तथा प्रसुति सेवा प्रदान गर्न पालिकाका ११ जना स्वास्थ्यकर्मीलाई सम्पर्क व्यक्ति तोकिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत शेर्पाका अनुसार पालिकाको वडा नं १ स्थित तेल्लाबुङ स्वास्थ्य चौकीका लागि यमुना राई र रिक्की चोङवाङ,वडा नं २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि मुना तेम्बे,रितुकुमारी शाह र चन्द्रकला रोक्कालाई सम्पर्क व्यक्ति तोकिएको छ ।

वडा नं ३ स्थित साँघु स्वास्थ्य चौकीका लागि दाल्हामु शेर्पा र रविकुमार शाह,वडा नं ५ स्थित फाकुम्बा स्वास्थ्य चौकीका लागि ज्ञानबहादुर लिम्बू र दिलमायाँ साँवा तथा वडा नं ६ स्थित साङलुप्पा स्वास्थ्य चौकीका लागि बसुन्धरा राना र मिङ्मा चोमु शेर्पालाई सम्पर्क व्यक्ति तोकिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर्पाले जानकारी दिनुभयो ।

Similar Posts