ताप्लेजुङ जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको निरन्तरको मेहनेतले बच्यो आमा र बच्चाको ज्यान

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २८ । चिकित्सक तथा प्राविधिकको स्वास्थ्य उपचार सेवाको एकता र निरन्तर मेहनेतको फलस्वरुप ताप्लेजुङ जिल्ला अस्पतालमा एक गर्भवती महिलाको सफल शल्यकृयामार्फत आमा र बच्चा दुबैको जीवन सुरक्षित भएको छ ।

सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोककी एक २३ बर्षिया गर्भवती महिलाको आकस्मिक शल्यकृया गर्दै ताप्लेजुङ जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले आमा र बच्चा दुबैको जीवन जोखिम टारेका छन् ।‘आकस्मिक शल्यकृयामार्फत बच्चाको ज्यान त बचायौं,तर आमालाई अत्यधिक रक्तश्राव भयो’ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर किरण थापा मगरले भन्नुभयो । डाक्टर थापाले आमामा देखिएको अत्यधिक रक्तश्रावसहितका स्वास्थ्य समस्याको निदानका लागि अस्पतालका मेसुसहित सम्पूर्ण चिकित्सक,नर्स र कार्यालय सहयोगी त्यो रात नसुतेको सुनाउनुभयो । स्वास्थ्य मापदण्ड अनुसार सम्पूर्ण शक्ति,मेहनेत,औषधि उपचार,ब्लड ट्रान्स फ्युस,ब्यालुन त्यम्पोनेड लगाई अन्तिममा आमाको अत्यधिक रक्तश्रावको समस्या निदान गरी आमा र बच्चा दुबैलाई सकुशल घर पठाईएको डाक्टर थापाले जानकारी दिनुभयो ।

अस्पताल भर्ना भएकी ति गर्भवती महिलाको थप उपचारका लागि हेलिकोप्टरसम्मको व्यवस्थापन गर्नुपर्ने अवस्था थियो । अस्पतालको एकीकृत जनशक्तिले जोखिम हुन नदिई प्रसुति गराउन सकेको र गर्भवती महिलाका अभिभावकले समेत ताप्लेजुङ जिल्ला अस्पतालको स्वास्थ्य सेवाप्रति सुयोग्य भरोसा गरेको भन्दै अस्पताल प्रशासनले सबैलाई धन्यवाद दिएको छ । अस्पताल प्रशासनका अनुसार गर्भवती महिलाको सफल शल्यकृया गर्दै आमा र बच्चाको ज्यान बचाउने कार्यमा मेसु डाक्टर थापा,चिकित्कसहरु डाक्टर टसी लामा,दीपक यादव,यमन कार्की र सञ्जय न्यौपाने,एनेन्थेसियाका थोमस राई,स्वास्थ्यकर्मी मञ्जु कार्की,अरुणा ओलीसहितका स्वास्थ्यकर्मीहरु संलग्न हुनुहुन्थ्यो । ताप्लेजुङ जिल्ला अस्पतालले एकीकृत शक्तिले ठूलो जोखिमको चुनौति पनि पन्छाउन सकिन्छ भन्ने उदाहरणलाई पुष्टी गर्न सकेको बताएको छ ।

Similar Posts