४२ सय मिटर उचाईसम्म पुगेर फक्ताङलुङका पशु सेवा प्राविधिकले दिए पशु स्वास्थ्य सेवा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २८ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिकाका ७ वटै वडामा खोरेत रोग बिरुद्धको पहिलो चरणको खोप तथा ४ हजार २ सय मिटरसम्म उचाईका हिमाली क्षेत्रमा पुगी पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

पालिकाका पशु स्वास्थ्य प्राविधिकहरुले समुद्र सतहबाट ४ हजार २ मिटर उचाईको याङ्मा,३ हजार ४ सय मिटर उचाईको घुन्सा र ३ हजार २ सय मिटर उचाईको ओलाङचुङगोला बस्तिमा पुगेर हिमाली भेगका लागि पशु स्वास्थ्य शिविर तथा स्थलगत उपचार कार्यक्रम सम्पन्न गरेको हो । पालिकाका पशु स्वास्थ्य प्राविधिक सञ्जय मेन्याङ्वो लिम्बूका अनुसार हिमाली बस्तिमा पुगेर पशु स्वास्थ्य सेवा,परार्मश तथा खोरेत रोग बिरुद्धको पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको हो ।

पालिकाको चालु आर्थिक बर्ष २०८३।८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार भौगोलिक विकटता तथा यातायातको असहजताका कारण पशु स्वास्थ्य सेवा तथा परार्मश लिन नसकिरहेका सेवाग्राहीका लागि स्थलगत रुपमै सेवा प्रदान गर्ने योजना अनुरुप हिमाली बस्तिमै पुगेर पशु स्वास्थ्य सेवा प्रदान गरिएको फक्ताङलुङ गाउँपालिकाको पशु स्वास्थ्य शाखाका प्रमुख(सहायक पाँचौं)शशांक पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार पालिकाले वडा नं १ सावादिन,वडा नं २ खेजेनिम,वडा नं ३ लिङखिम,वडा नं ४ इखाबु,वडा नं ५ तापेथोक,वडा नं ६ लेलेप र वडा नं ७ ओलाङचुङगोला गरी ७ वटै वडामा खोरेत रोग बिरुद्धको पहिलो चरणको खोप अभियान समेत सम्पन्न गरिएको छ ।

Similar Posts