मेरिङदेनले दशैंको छुट्टीको समयमा पनि आकस्मिक तथा प्रसुति सेवा प्रदान गर्ने
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २७ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दशैंको छुट्टीको समयमा पनि आकस्मिक तथा प्रसुति सेवा प्रदान गर्ने भएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद केदेमका अनुसार बडा दशैंमा हुने असोज ३१ गते देखि कात्तिक ८ गतेसम्मको ९ दिनको बिदाका समयमा समेत पालिकाले आकस्मिक तथा प्रसुति सेवा प्रदान गर्ने छ ।
पालिकाले दशैं बिदाका समयमा पनि आकस्मिक तथा प्रसुति सेवा लिनुपर्ने भएमा वडा नं १ थिङलाबुका लागि मदन ओख्राबु र एलिना नाल्वो,वडा नं २ सान्थाक्राका लागि अर्मिला लिम्बू र शिवराज मण्डल,वडा नं ३ खाम्लुङका लागि चन्द्रजीत लिम्बू,वडा नं ४ लिङतेपका लागि ज्योति मादेन र मिना नाल्वो,वडा नं ५ थुकिमाका लागि जेनिसा जोगी र कल्पना लङ्वा तथा वडा नं ६ नाल्बुका लागि सेमीहाङ तुम्बाहाम्फे र निरुता तामाङलाई जिम्मेवारी दिएको जनाएको छ ।