कर्भडहल ठेक्कामा लगाउँदै मैवाखोला

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन तथा व्यवस्थापनका लागि कर्भडहल ठेक्कामा लगाउने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाका अनुसार कर्भडहल सञ्चालन तथा व्यवस्थापनका लागि ५ बर्षसम्म ठेक्कामा लगाइन लागेको हो । पालिकाले ठेक्का आवह्वान समेत गरेको छ । पालिकाले न्यूनतम् ठेक्का रकम बार्षिक ३३ हजार ९ सय रुपैयाँ तोकेको छ । ठेक्का रकम बार्षिक १० प्रतिशतले बृद्धि हुने समेत पालिकाले जनाएको छ ।

ठेक्का प्राप्त गर्ने व्यक्ति वा संस्थाले कर्भड हलको नियमित सञ्चालन,सरसफाई,खानेपानी,बिजुली,सुरक्षा तथा मर्मतसम्भारको जिम्मेवारी लिनुपर्ने हुन्छ । कर्भड हलको प्रयोग पालिकाको नीति तथा स्वीकृत दर अनुसार मात्र हुने,पालिकाले आयोजना गर्ने सार्वजनिक,शैक्षिक,खेलकुद,बालमैत्री तथा बिशेष कार्यक्रमका लागि आवश्यक परेमा प्राथमिकतामा साथ उपलब्ध गराउनुपर्ने,ठेक्कावालाले हल प्रयोग वापत प्राप्त आम्दानीको सम्पूर्ण अभिलेख अद्यावधिक गरी राख्नुपर्ने र पालिकाले मागेका बखत पेश गर्नुपर्ने सहितका सर्त पालिकाले अघि सारेको छ ।

कर्भडहल,भवन,चमेना गृह,विद्युतीय सामग्री,फर्निचर तथा अन्य सम्पत्तिमा क्षति पुगेमा सम्वन्धित ठेक्कावाल जिम्मेवार हुनुपर्ने,ठेक्का अवधि भित्र पालिकाको स्वीकृति बिना अर्को संस्था वा व्यक्तिलाई जिम्मेवारी हस्तान्तरण गर्न नपाइने,ठेक्का रकम सम्झौता अघि नै एकमुष्ट रुपमा भुक्तानी गर्नुपर्ने र वातावरण,सार्वजनिक शान्ति तथा कानुन विपरितका गतिविधि गर्न नपाइनेसहितका सर्तसहित मैवाखोलाले कर्भड हल ठेक्कामा लगाउने भएको छ ।

Similar Posts