|

पछिल्लो २४ घन्टामा थप १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज १५ । पछिल्लो २४ घन्टामा बिहीबार थप १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ७९ हजार ७२८ संक्रमितको संख्या पुगेको जनाउनुभयो । त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ९ सय ६१ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १० लाख ३३ हजार ९४७ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४४४ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ७७ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या २१ हजार ८३० जना रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts