बुवाको स्मृतिमा न्यानो कपडा र शैक्षिक सामग्री बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १२ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १ का स्वर्गीय निरबहादुर मादेनको स्मृतिमा उहाँका परिवारले स्थानीय एक बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री बितरण गर्नु भएको छ ।

स्वर्गीय मादेनको स्मृतिमा उहाँका परिवारले नाङ्गे आधारभूत बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री बितरण गर्नु भएको स्वर्गीय मादेनका छोरा सुखराज मादेनले जानकारी दिनुभयो । बिक्रम् सम्वत् १९९८ साल चैत १२ गते जन्मनु भएका निरबहादुरको २०८२ साल असोज १० गते निधन भएको थियो ।

बुवाको बार्षिक पुण्यतिथीको अवसर पारेर बिद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री बितरण गरिएको छोरा सुखराजले जानकारी दिनुभयो ।

Similar Posts