दोभान बजारमा आगलागी,मानवीय प्रयासले आगो नियन्त्रण गर्न कठिन
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ८ । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ ।
ताप्लेजुङ उद्योग वाणिज्य संघ शाखा दोभानका अध्यक्ष हरि काफ्लेले अहिलेसम्म तीनवटा घर आगोले भेटिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार चन्द्रप्रसाद पौडेल,डण्डु लामा सहितको घर आगोको लप्काले घेरेको छ । मानवीय प्रयासबाट आगो नियन्त्रणमा लिन सम्भव नभएको काफ्लेले जानकारी दिनुभयो ।
दोभान बजार झुरुप्प बस्ति भएको बजार हो । त्यहाँका अधिकाँस घर काठ र टीनले बनेका छन् । दोभान बजारमा केहि बर्ष अघि पनि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँइले आगलागी भएको र बिद्युत आपूर्ति बन्द गरी आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिनुभयो ।
फुङलिङ बजारबाट दमकल र सुरक्षाकर्मी सहितको टोली दोभानतर्फ प्रस्थान गरेको डिएसपी बजगाँइले जानकारी दिनुभयो । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।