दोभान बजारको आगलागीमा अनुमानित एकदर्जन घर पसल जले,दमकल पुगेर आगो निभाउन थाल्यो

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ८ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीमा अनुमानित १२ वटा घर पसल जलिसकेको प्रारम्भिक अनुमान गरिएको छ । तर एकिन विवरण आएको छैन । आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन । फुङलिङ नगरपालिकाबाट पुगको दमकल,सुरक्षाकर्मी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् । आगलागीको कारण खुलेको छैन ।

चन्द्रप्रसाद पौडेल,डण्डु लामा सहितको घर आगोको ध्वस्त बनाएको दोभान उद्योग वाणिज्य संघका अध्यक्ष हरि काफ्लेले जानकारी दिनुभयो । तमोर नदी र मैवाखोलाकोबिचमा रहेको दोभान बजार झुरुप्प बस्ति भएको ताप्लेजुङकै दोस्रो ठूलो बजार हो । त्यहाँ एकाध बाहेक प्राय सबै घर काठ र टिनले बनेका छन् ।

२०७७ साल फागुन १८ गते दोभान बजारमा आगलागी भएको थियो । त्यतिबेला दोभान बजारका करिव ४० वटा घर जलेर ध्वस्त भएका थिए । तमोर र मैवाखोलाबाट कटानको मार खेपीरहेको दोभान बजारमा निरन्तर बर्षा भइरहेकै समयमा आगलागी भएको हो ।

Similar Posts