मृगौला प्रत्यारोपण गरेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई नविकरणका लागि मैवाखोलाको आग्रह
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३१ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका,डायलाईसिस गरेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई उपचार खर्च प्राप्तिका लागि नविकरणमा समावेश हुन आवह्वान गरेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाका अनुसार सम्वन्धित व्यक्तिले उपचार खर्च नियमित गर्न चालु आर्थिक बर्ष २०८३।८४ का लागि नविकरण गर्नुपर्ने हुन्छ । नविकरणका लागि पालिकाले असोज मसान्तसम्मको म्याद तोकेको समेत पालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर्पाले जानकारी दिनुभयो । पालिकाले मृगौला प्रत्यारोपण गरेका,डायलाईसिस गरेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउने सम्वन्धी कार्यविधि २०७८ को दफा ६ बमोजिम नविकरणका लागि आवह्वान गरेको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर्पाका अनुसार नविकरणका लागि वडा कार्यालयबाट विपन्न प्रमाणित सिफारिसपत्र,रोग लागेको र हाल उपचार गराइरहेको विवरण खुल्ने चिकित्सकको सिफारिसपत्रको प्रतिलिपि,राष्ट्रिय परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,नावालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,पुराना बिरामीको हकमा नविकरणका लागि वडा कार्यालयबाट प्रदान भएको सिफारिसपत्र र खाता सक्रिय रहेको बैंक खाताको चेकको प्रतिलिपिसहितको विवरण संलग्न गर्नुपर्ने हुन्छ ।