ताप्लेजुङमा अघिल्लो आवमा २५ सयको जन्मदर्ता हुँदा १२ सय बढीको मृत्युदर्ता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २१ । आर्थिक बर्ष २०८२।८३ मा ताप्लेजुङमा २ हजार ५ सय बढीको जन्महुँदा झण्डै १ हजार २ सय बढीको मृत्यु दर्ता भएको छ ।
जिल्ला समन्वय समितिले तयार पारेको एकीकृत विवरण अनुसार यहाँका ९ स्थानीय तहले २ हजार ५ सय ३२ जनाको जन्मदर्ता र १ हजार २ सय २६ जनाको मृत्यु दर्ता गरेका छन् । फुङलिङमा ५ सय ४४ जनाको जन्मदर्ता हुँदा २ सय २१ जनाको मृत्युदर्ता भएको छ । सिदिङ्वामा ३ सय ४९ जनाको जन्मदर्ता र १ सय २४ जनाको मृत्यु दर्ता भएको छ । सिरिजङ्गामा ३ सय ६३ जनाको जन्मदर्ता र १ सय ४७ जनाको मृत्युदर्ता भएको छ । पाथीभरा याङ्वरक गाउँपालिकामा ३ सय ६३ जनाको जन्मदर्ता र १ सय २८ जनाको मृत्युदर्ता भएको छ ।
आठराई त्रिबेणी गाउँपालिकामा २ सय ४९ जनाको जन्मदर्ता र १ सय २९ जनाको मृत्यु दर्ता भएको छ । मैवाखोला गाउँपालिकामा २ सय ७३ जनाको जन्मदर्ता र १ सय ३५ जनाको मृत्यु दर्ता भएको छ । मेरिङदेन गाउँपालिकामा ३ सय ७२ जनाको जन्मदर्ता र १ सय २४ जनाको मृत्युदर्ता भएको छ । मिक्वाखोला गाउँपालिकामा २ सय ३१ जनाको जन्मदर्ता र १ सय २४ जनाको मृत्युदर्ता भएको छ । फक्ताङलुङ गाउँपालिकामा १ सय ५१ जनाको जन्मदर्ता र ९४ जनाको मृत्युदर्ता भएको छ ।
जिल्ला समन्वय समितिका सूचना अधिकारी युवराज पौडेलका अनुसार पालिकाहरुको बार्षिक समिक्षाका क्रममा ल्याएका व्यक्तिगत घटना दर्ताका विवरणहरुलाई जिससले एकीकृत विवरणको रुपमा तयार गरेको हो । व्यक्तिगत घटना दर्ता अन्तरगत जन्मदर्ता,मृत्युदर्ता,बसाँइ सराई,सम्वन्ध बिच्छेदसहितका विवरणहरु पर्ने गर्छन् । यि विवरणलाई प्रत्येक वडाका पञ्जीकाधिकारीमार्फत दर्ता गर्ने गरिन्छ ।