लागुऔषध दुर्व्यसनबिरुद्ध सामाजिक जागरण फैलाउँदै ताप्लेजुङमा सडक नाटक प्रस्तुत
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २० । लागुऔषध दुर्व्यसनी र यसका गम्भीर असरहरूबारे सचेतना जगाउने उद्देश्यका ताप्लेजुङमा शनिवार सडक नाटक प्रस्तुत गरिएको छ ।
परिवर्तन थिएटर झापा काँकडभिट्टाले ’मनको कुरा’नामको सडक नाटक प्रस्तुत गर्दै लागुऔषध दुर्व्यसन र यसबाट पर्न जाने मनोसामाजिक समस्याका बारेमा सचेतना जगाएको होप फर अल ताप्लेजुङका एक अगुवा सागर लामगादेले जानकारी दिनुभयो ।
ताप्लेजुङमा होप फर अलले लागु औषध दुर्व्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम,उद्धारको पर्खाइमा रहेका नागरिकको उद्धार गरी मनोसामाजिक परार्मश केन्द्र पठाउने,सामाजिक विकृति र विसंगतिमा रहेका समुदायका सदस्यलाई सामाजिक पुर्नस्थापनाका लागि परार्मश सेवा र सहयोगी स्वयंसेवी संस्थाको रुपमा आफुलाई अग्रसर गराउँदै आएको छ ।
लागु औषध दुर्व्यसनी न्यूनीकरणका लागि सडक नाटक प्रस्तुति कार्यमा बिशेष सहयोग पुर्याएको भन्दै होप फर अल ताप्लेजुङले फुङलिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष दुर्गाबहादुर पालुङ्वा र वडा कार्यालय परिवार तथा सडक नाटकका लागि उपस्थित हुने परिवर्तन थिएटरका कलाकारप्रति आभार समेत प्रकट गरेको छ ।