रसुवा बाढीमा बेपत्ता ताप्लेजुङमा ५ मध्ये ३ जना परिवारको सम्पर्कमा आएको कार्यपालिका सदस्य गुरुङको दावी
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १२ । त्रिशुली र भोटेकोशी सहितका नदीहरुमा आएको बाढीका कारण बेपत्ता ताप्लेजुङका ५ मध्ये ३ जना परिवारको सम्पर्कमा आएका छन् ।
आठराई त्रिबेणी गाउँपालिका वडा नं १ का ३ जना शुक्रवार बिहान ३ बजे परिवारको सम्पर्कमा आएको आठराई त्रिबेणी गाउँपालिकाका गाउँ कार्यपालिका सदस्य शान्ता गुरुङले जानकारी दिनुभयो । त्यहाँस्थित जलविद्युत आयोजनाहरुमा काम गर्न गएका निघुरादिनका पासाङतेञ्जी शेर्पा,ङिमासाङ्गे शेर्पा र पासाङ शेर्पा अहिले परिवारको सम्पर्कमा आएको कार्यपालिका सदस्य गुरुङले जानकारी दिनुभयो ।
‘भाईहरु भागेर बाँच्न सफल हुनुभएछ’गुरुङले भन्नुभयो । ताप्लेजुङका ५ जिल्ला वेपत्तामध्ये अरु दुईजना भने अहिलेसम्म परिवारको सम्पर्क बाहिर रहनु भएको छ । नुवाकोटस्थित त्रिशुली–३‘बी’’जलविद्युत परियोजनामा कार्यरत पाथीभरा याङवरक गाउँपालिका वडा नं २ थेचम्बुमा भीष्म चापागाँई र फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाका दुर्गा भट्टराई(दिवस)भने यो समाचार तयार पार्दासम्म परिवारको सम्पर्कमा नआउनु भएको परिवारजनले बताएका छन् ।