फुङलिङको राजश्व शाखाको सेवा तीनदिन बन्द हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,असार २९ । राजश्व दाखिला र हिसाव मिलानका कारण ताप्लेजुङको फुङलिङ नगरपालिकाको राजश्व शाखाको सेवा प्रवाह असार ३१,३२ र साउन १ गरी तीनदिन सञ्चालन नहुने भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुले आर्थिक बर्ष २०८२।८३ को राजश्व दाखिला तथा हिसाव मिलान सहितका कारणबाट पालिकाको राजश्व शाखाको सेवा प्रवाह तीनदिनका लागि बन्द हुने जानकारी दिनुभयो ।