पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख
उज्यालो पोष्ट
ताप्लेजुङ,असार ११ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३।८४ का लागि ५२ करोड ८० लाख ९९ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाको अनुमतिमा उपाध्यक्ष रनमाया गुरुङले गाउँसभाको २० औं बजेट अधिवेशनमार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष गुरुङले प्रस्तुत गर्नुभएको बजेटमध्ये सङ्घीय समानीकरण अनुदानमा १० करोड १९ लाख,सङ्घीय सशर्त अनुदान चालुतर्फ १९ करोड ६२ लाख र सङ्घीय सशर्त अनुदान पुँजीगत तर्फ १ करोड ३ लाख रुपैयाँ बजेटको स्रोत हुने उल्लेख गरिएको छ ।
सङ्घीय विषेश अनुदान चालुतर्फ १ करोड ८० लाख, समपूरक अनुदान पुँजीगत तर्फ दुई करोड ५२ लाख रुपैयाँ जेट रहेको छ । सङ्घीय राजश्व बाँडफाँडतर्फ ७ करोड २० लाख २ हजार रुपैयाँ,प्रदेश समानीकरण अनुदान ९६ लाख १६ हजार,प्रदेश सशर्त अनुदान चालुतर्फ ५१ लाख ६७ हजार,प्रदेश सशर्त अनुदान पूँजीगततर्फ ४२ लाख रुपैयाँ, प्रदेश समपूरक अनुदान पूँजीगततर्फ एक करोड ६० लाख र प्रदेश राजश्व बाडँफाँडतर्फ ५६ लाख ५८ हजार ३८३ रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
आन्तरिक स्रोततर्फ ३२ लाख,आन्तरिक श्रोत अल्या रकमतर्फ ५ करोड ७९ लाख ५५ हजार ६ सय १७ रुपैयाँ र घरजग्गा रजिष्ट्रेशन दस्तुरतर्फ २ लाख तथा विभिन्न रोयल्टीका लागि २५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । यसअघि सभामा पालिका अध्यक्ष सुब्बाले आगामी आवका लागि नीति र कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।