ज्यान मार्ने उद्योगका एक फरार प्रतिवादी पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २२ । ताप्लेजुङ प्रहरीले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं १० घर भई हाल फुङलिङ नगरपालिका वडा नं ६ क्याम्पस लाइनमा बस्ने ३८ बर्षिय गणेश लिम्बू रहनु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार पक्राउ पर्नु भएका लिम्बू माथि २०८३ साल बैशाख ३० गते बेलुकी साढे ९ बजे फुङलिङको नयाँ बसपार्क क्षेत्रमा फुङलिङ नगरपालिका वडा नं ६ बस्ने २९ बर्षिय रुपेश मादेनलाई खुकुरीले टाउको लगायत शरिरका बिभिन्न भागमा पटक–पटक प्रहार गरी रगतपक्ष सख्त घाइते बनाई वारदातस्थलबाटै फरार रहेको अभियोग छ ।

फरार रहनु भएका लिम्बूलाई मेरिङदेन गाउँपालिका वडा नं ३ बाट प्रहरीले नियन्त्रणमा लिएको समेत प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

Similar Posts