४ वटा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २२ । ताप्लेजुङ प्रहरीले ४ वटा बैंकिङ कसुरमा दोषी ठहर भएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं ११ बस्ने ३६ बर्षिय दीपक बिष्ट रहनु भएको छ । जिल्ला प्रहरी ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी जटाशंकर यादवका अनुसार बिष्टबाट ४ वटा बैंकिङ कसुरमा ६ दिन कैद र ६ लाख रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ ।

अदालतले दोषी ठहर गरिसकेका उहाँ फरार रहेकोमा प्रहरीले फुङलिङ नगरपालिका वडा नं ३ मा लुकिछिपी बसीरहेको अवस्थामा फेला पारी अदालतमा उपस्थित गराएको जनाएको छ ।

Similar Posts