६९ बर्षिय महिलालाई जक गरेको अभियोगमा युवक पक्राउ
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २ । शारीरिक रुपमा अक्षम ६९ बर्षिय बृद्ध महिलालाई जबरजस्ति करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २९ बर्षे एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार पक्राउ पर्नेमा बिनोद सार्की रहेका छन् । प्रहरीले अभियुक्तको वतन खुलाएको छैन ।
बिनोदलाई इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो । बिनोद माथि डर,त्रास देखाएर धम्की समेत दिई अशक्त र बृद्ध महिलालाई जबरजस्ति करणी गरेको अभियोग रहेको छ ।