सिरिजङ्गाका मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २५ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिकाका मुख्य बजार क्षेत्रहरुमा सिसी क्यामेरा जडान गर्दै लगेको छ ।

अपराध नियन्त्रण,अनुसन्धानमा सहयोग,ट्राफिक व्यवस्थापनमा सहयोग,सडक नियम उल्लंघन कार्यलाई निरुत्साहित गर्न तथा सार्वजनिक स्थलहरुमा आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्य सहित पालिकाका मुख्य सार्वजनिक स्थलमा सिसिी क्यामेरा जडान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय पालिकाको वडा नं १ सिनामको पञ्चमी,वडा नं २ आम्बेगुदिनको खाम्दिने बजार,वडा नं ४ तेल्लोकको बाघथला र बिशाल चौकमा सिसी क्यामेरा जडान भइसकेको छ ।

जडान भएका सिसी क्यामेराको नियन्त्रण र नियमन इलाका प्रहरी कार्यालय तेल्लोकबाट भइरहेको समेत पालिकाले जानकारी दिएको छ । सिसी क्यामेरा जडान भएका क्षेत्रमा भइरहेका आम गतिविधिको जानकारी राखी सुरक्षा सम्बेदनशिलताका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने देखि आवश्यक अन्य जानकारी तथा सूचना लिने कार्य समेत हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेले जानकारी दिनुभयो । प्रविधियुक्त निगारानी साधन भएको सिसी क्यामेराबाट निगारानी गरी अपराध नियन्त्रण र अनुसन्धानको दस्तावेज संकलनका लागि सिसी क्यामेरा जडान गरिएको पालिकाले बताएको छ ।

 

Similar Posts