फागुनसम्ममा घरेलु तथा साना उद्योगमार्फत भए १५५ जना रोजगार,थपिए ४१ नयाँ उद्यमी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १७ । चालु आर्थिक बर्ष २०८२।८३ को फागुन मसान्तसम्ममा घरेलु तथा साना उद्योग कार्यक्रममार्फत १ सय ५५ जनाको रोजगारी सृजना भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख लक्ष्मी सुहाङका अनुसार चालु आवको यो अवधिसम्ममा ४१ जना नयाँ उद्यमी सृजना भएका छन् । सुहाङका अनुसार चालु आवमा उद्योगतर्फ ४१ र वाणिज्यतर्फ १८ वटा दर्ता हुँदा उद्योगतर्फ १ सय ६० र वाणिज्यतर्फ ८४ वटाको नविकरण भएको छ । उद्योगतर्फ अहिलेसम्म ठाउँसारी र उद्देश्य थप भएका छैनन् भने वाणिज्यतर्फ एक–एक वटाको ठाउँसारी र उद्देश्य थप भएको कार्यालयले जनाएको छ ।

उद्योगतर्फ ४ वटाको पुँजी बृद्धि र २ वटाको नाम परिवर्तन र ३ वटाको नाम सारी र ३ वटाकै लगत कट्टा भएको छ । वाणिज्यतर्फ भने ७ वटाको लगत कट्टा बाहेक पुँजी बृद्धि,नाम परिवर्तन,नाम सारी र प्रतिलिपिका कुनै कारवाही नभएको उद्योग अधिकृत सुहाङले जानकारी दिनुभयो । आर्थिक बर्ष २०८१।८२ मा भने ताप्लेजुङमा ४ सय १७ जनाको रोजगारी सृजना भएको थियो । सो आवमा १ सय ३ जना उद्यमी सृजना भए । सो आवमा ९२ वटा नयाँ उद्योग समेत थपिएको सुहाङले बताउनुभयो ।

आव २०८१।८२ मा १ सय ८४ उद्योगले नविकरण गरे भने २ वटा उद्योगको ठाउँसारी,६ वटाको नाम सारी,५ वटाको उद्देश्य थप र ८ वटाको गलत कट्टा भयो । यो उद्योग प्रशासनतर्फको अभिलेख हो । वाणिज्य प्रशासनतर्फ भने आव २०८१।८२ मा १६ वटा उद्योग खारेजीमा परे । २३ वटा फर्म दर्ता हुँदा १ सय ५ वटाको नविकरण भयो । १–१ वटा उद्योगको नाम सारी र उद्देश्य थप हुँदा वाणिज्य प्रशासनतर्फ कुनैपनि फर्मको ठाउँसारी भएन ।

Similar Posts